काठमाडौँको टुँडिखेलमा मृत फेला परेका पुरुषको सनाखत भएको छ।
उनको साथमा फेला परेको नागरिकताका आधारमा पहिचान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।
अधिकारीका अनुसार उक्त शव मकवानपुरका ४५ वर्षीय बद्रीप्रसाद सिलवालको भएको खुलेको छ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।
काठमाडौँ माहानगरपालिका २२ स्थित टुँडिखेलमा उनको शव बुधबार बिहान फेला परेको थियो।
69
Shares

प्रतिक्रिया