समाज


मेषलाई झुटा आरोपले सताउने, वृश्चिक होसियार बन्नुपर्ने, तपाईँको के? हेर्नुस् १६ मंसिरको राशिफल

मेषलाई झुटा आरोपले सताउने, वृश्चिक होसियार बन्नुपर्ने, तपाईँको के? हेर्नुस् १६ मंसिरको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
मंसिर १६, २०८१ आइतबार ४:३५, काठमाडौँ

आज आइतबार, १६ मंसिर २०८१ (१ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष: झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। प्यारो साथीसँग भने मन खिन्न रहनेछ। प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। साँझमा भने लाभदायक यात्राको सम्भावना छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष: रमणीय र सुखद् यात्राको योग छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आज पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। कसैलाई सन्तान लाभ हुनसक्छ। मनोरञ्जनमा सहभागिता भइएला। सेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।    

मिथुन: नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। आँटेको कार्य पूरा हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। लाभदायक यात्रा पनि रहला।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८ वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

कर्कट: आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय हुनेछन्। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७३, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।    

सिंह: भाग्यले साथ दिनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर शुभकार्यको चर्चा चल्नेछ। स्वादिष्ट भोजन पाइनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। आफन्त, प्रेमी वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।   

कन्या: पदोन्नतिको सम्भावना प्रबल छ। परिश्रमअनुसार उपलब्धि पनि पाइनेछ। साथीभाइको विशेष सहयोग मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। बन्दव्यापार र पेसा–व्यवसायका क्षेत्रमा लाभ हुने देखिन्छ। प्रणयप्रसंगका लागि पनि श्रेष्ठ समय रहेको छ।
 
भाग्यशाली रङ आकाशे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६ यात्राको योग  ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला: नयाँ–नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। लाभदायक र सुखद् यात्रा हुने योग छ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। अतिथिको रूपमा सत्कार पाइएला। सेयर बजारको लगानी पनि पछि फाइदा हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।   

वृश्चिक: जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। एकपछि अर्को अवसरले मन प्रसन्न रहला। कडा मेहेनतले मात्र गरिएको कामबाट लाभ हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। प्रेमीको सहयोग पनि प्राप्त हुनेछ।  

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।     

धनु: मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। भाग्यले विभिन्न अवसर जुराउनेछ। मङ्गल र शुभकार्यको चर्चा चल्नेछ। धैर्य गरी मेहेनत गरेमा कार्यसिद्धि हुनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धन लाभ हुनसक्छ।   

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।   

मकर: दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। यात्रा सफल हुनेछ। चलाखीपूर्ण बोलीले काम बन्नसक्छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। शत्रु पनि क्षय होलान्।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशिहुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने    कालो रङको प्रयोग नगर्ने   

कुम्भ: राजनीतिक कार्यमा ख्याति कमाउने योग छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रेम जीवन सबल र सफल रहनेछ।  

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

मीन: लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। वैदेशिक क्षेत्र कमजोर रहला। स्वास्थ्यप्रति सजगता अपनाउनु होला। विचार गरेर निर्णय लिनु उचित हुनेछ। साँझमा भने रमाइलो यात्राको योग रहेको छ। सञ्चार माध्यमबाट शुभ समाचार पनि प्राप्त हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad