समाज


राशिफल ७ मंसिर : कन्यालाई धनार्जन हुने, सिंह प्रतिस्पर्धीसित सतर्क रहनु पर्ने, तपाईँको के?

राशिफल ७ मंसिर : कन्यालाई धनार्जन हुने, सिंह प्रतिस्पर्धीसित सतर्क रहनु पर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
मंसिर ७, २०८१ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, ७ मंसिर २०८१ (२२ नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : आजको प्रयत्न निष्फल जस्तै होला। उमङ्ग र उत्साहमा कमी आउनेछ। घर व्यवहारको समस्याले सताउनेछ। व्यापार-व्यवसायमा बाधा आउन सक्छ। अनावश्यक झमेलामा परिएला। धेरै प्रयत्न गरे मात्र कामबाट फाइदा लिन सकिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

वृष : महिला वर्गबाट विषेश सहयोग मिल्नेछ। वैदेशिक कार्यमा सहजता मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। व्यापार-व्यवसायबाट राम्रै फाइदा होला। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, वैदेशिक कार्यमा ३९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। घुमफिरमा आकर्षण बढ्नेछ। सामाजिक कार्य अघि बढ्नेछ। दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट : रमाइलो भेटघाट हुनेछ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। सामाजिक सभा समारोहमा भाग लिनु पर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

सिंह : झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। कार्य सम्पादनमा समस्या आउला। प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो। एउटै कामलाई दोहोर्‍याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ। योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँ पछि परिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कन्या : धार्मिक कार्यमा सरिक हुने सम्भावना छ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

तुला : हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। धार्मिक तथा लाभदायक यात्रा हुनेछ। मङ्गल कार्यको योग छ। कसै-कसैलाई सन्तान सुख मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। चलाखीपूर्ण बोलीले काम बन्ला। नजिकको मित्रसँग भेटघाट हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : भ्रमण, खानपान, फेसन र लत्ताकपडामा धन खर्च हुनेछ। मनमा निराशा र शरीरमा आलस्य छाउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। वैदेशिक क्षेत्र कमजोर रहला। राजनीति गर्नेलाई जनताको गतिलो समर्थन मिल्नेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४४, वैदेशिक कार्यमा ४३ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

मकर : लामो समयदेखि रोकिएका काम पुनः सुरु हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। वैदेशिक कामकाज कमजोर रहनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

कुम्भ : युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ। सामाजिक र राजनीतिक कार्य अघि बढ्नेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ४९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रोकिएका अधुरा काम पूरा हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। आर्थिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad