ad ad

समाज


के बस, ट्याक्सी, विमानमा यात्रा गर्दा कोरोना भाइरस सर्छ?

के बस, ट्याक्सी, विमानमा यात्रा गर्दा कोरोना भाइरस सर्छ?

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ८:४९,

के ट्याक्सी, बस, मेट्रोरेल, विमानमा यात्रा गर्दा कोरोना भाइरसबाट संक्रमित हुने खतरा हुन्छ? विश्वभरि कोरोनाबाट ४ हजार ६०० भन्दा बढीको मृत्युपछि आममान्छेलाई अहिले यो प्रश्नले सताएको छ।

अहिलेसम्म गरिएको शोधबाट कोरोना भाइरस कसरी फैलिन्छ भन्ने केही प्रारम्भिक निष्कर्ष आएका छन्। संक्रमित व्यक्तिको थुक/खकार छिटाको सम्पर्कबाट कोरोना भाइरस फैलिन सक्छ भन्ने निष्कर्ष शोधकर्ताहरुको छ।

संक्रमित व्यक्तिबाट जब यस्ता छिटा बसको समात्ने ह्यान्डल, सिट, ट्याक्सीको ढोका खोल्ने ह्यान्डलमा झर्छ त्यो ठाउँमा छुने व्यक्तिलाई संक्रमण सर्नसक्छ। किन कि मान्छे थाहै नपाई एक घन्टामा कैयौं पटक आफ्ना हातले आफ्नो मुख छुने गर्दछ। नाक, दाँतमा हात पुर्‍याउँदछ।

सावधानीका उपाय

यसरी जब तपाइँ संक्रमित स्थान वा चिजलाई छोएपछि अञ्जानमै आफ्नो हातलाई अनुहारका अंगसम्म लानुहुन्छ यसो गर्दा तपाइँको शरीरसम्म भाइरस पुग्दछ। यस विषयमा अनुसन्धानकर्ताले अझै सुक्ष्म खोज जारी राखेका छन्।

अहिलेसम्मको सोधअनुसार कोरोना भाइरस कुनै स्थानमा खसेपछि ९ दिनसम्म जीवित रहन्छ। यस्तो अवस्थामा डाक्टरहरु मास्क लगाउने वा पटक–पटक हात धुने, सेनिटाइजर जेल लगाउने सल्लाह दिइन्छन्। यसको मतलब हो भाइरस तपाइँको हात हुँदै अनुहार तथा शारीरिका अंगसम्म पुग्न नसकोस्।

विश्वभरिका आम मानिसको मुख्य सवाल यो छ कि बस, मेट्रोरेल वा विमानमा यात्रा गर्नु कोरोनाबाट कति सुरक्षित हो?

अहिलेसम्म प्राप्त तथ्यअनुसार कोरोना भाइरस ज्वरो फैलाउने संक्रामक भाइरसजस्तो हावामा बस्न सक्दैन। यस्तो अवस्थामा यदि तपाइँ संक्रमित व्यक्तिसँग निकै नजिक रहनु भएको छ भने मात्र भाइरस सर्ने सम्भावना रहन्छ।

वेलायतको राष्ट्रिय स्वास्थ्य निर्देशिकाअनुसार ‘संक्रमित व्यक्तिको निकै नजिक रहनु’को अर्थ १५ मिनेटसम्म संक्रमित व्यक्तिसँग २ मिटर दूरीमा निरन्तर रहनु हो। यस्तोमा बस वा मेट्रो रेलमा यात्रा गर्दा भाइरसबाट प्रभावित हुने खतरा कति रहन्छ त्यो तपाइँ चढ्ने बस वा रेल कति खचाखच छ त्यसमा निर्भर गर्छ।

खचाखच हुने बस तथा रेलका अधिकांश यात्रु एक अर्कासँग निकै नजिक उभिएर यात्रा गर्छन्। उभिँदा यात्रुले कुनै निश्चित समात्ने डण्डा हुन्छ। खचाखच बसले मान्छे चढाउन ठाउँ ठाउँमा रोकेर मान्छे थप्छन्। त्यसले सवारी साधनभित्र रहेका यात्रुलाई अझ नजिक पुग्न बाध्य पार्दछ। हवाइ उडान यात्राको फरक प्रकृति हो तर सावधानीका विधि त्यहाँ पनि समान रुपले लागू हुन्छन्।

काठमाडौंमा माइक्रोस चढ्ने क्रममा यात्रु। नेपालमा सार्वजनिक यातायातमा खचाखच यात्रु सवार हुने गर्छन्। फाइल तस्विर

नेपालमा सार्वजनिक यातायातमा खचाखच यात्रु चढाउने गरिन्छ। काठमाडौंमा माइक्रो बस चढ्ने क्रममा यात्रु। फाइल तस्विर

इन्स्टिच्युट अफ ग्लोबल हेल्थसँग आवद्ध डा.लारा गोस्केले गरेको एउटा शोधले दैनिक खचाखच भरिने बस, मेट्रोजस्ता सवारी साधनमा सवार हुनेहरुमा फ्लू संक्रमणको सम्भावना बढी रहने देखाएको छ।

डा. गोस्के यसबाट बच्न सल्लाह दिँदै भन्छन्, ‘संक्रमित भएका व्यक्ति तथा सामानबाट टाढा रहनु महत्वपूर्ण छ। भन्छन्, ‘संकास्पद संक्रमित व्यक्ति वा सामग्रीसँग टाढा रहनु उचित हुन्छ। सावधानी बिर्सिएला भनेर यात्राका क्रममा सावधानीसम्बन्धी कुराकानी गर्दै जानु एउटा राम्रो उपाय हो।’ बीबीसीबाट अनुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .