आज सोमबार, १२ कात्तिक २०८१ (२८ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : सजिलै अरूको मन जित्न सकिनेछ। रमाइलो र सुखद यात्राको योग छ। धनार्जनको नयाँ स्रोत पत्ता लाग्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सेयर बजारको कारोबारमा राम्रै सफलता मिल्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
वृष : काम बिग्रने डर छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। राजनीतिक कार्यमा बाधा आउनेछ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। शुभ कार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
मिथुन : धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। घरपरिवारबाट सहयोग मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका पाइएला। शुभकार्यमा सरिक भइनेछ। लामो यात्रा सुखद र सफल हुनेछ।
भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
कर्कट : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा पनि ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। अरूको कुभलो नसोच्ने।
सिंह : क्रोध, रिसराग र उत्तेजनाले हानि पुर्याउने देखिन्छ। प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ। खर्च पनि हुनेछ। साँझमा वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।
भाग्यशाली रङ रातो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कन्या : मनमा दुबिधा उत्पन्न हुनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। प्रेमी, आफन्त र साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ। औषधि उपचार खर्च बढ्न सक्छ। बेलुकी पख भने हौसला र उत्साह मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
तुला : सुखदुःख बराबरी रहनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक : कुनै कुराले मनमा शान्ति छाउनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारबाट मनग्गे धनलाभ हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा पनि ७१ , वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
धनु : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। जटिल ठानिएको काम सम्पादन हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। घरजग्गा खरिदबिक्रीको योग छ।
भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मकर : मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्ग फक्रनेछ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ : भाग्यले विभिन्न अवसर जुराउनेछ। स्थान परिवर्तनको योग देखिन्छ। आजको श्रमबाट पछिलाई फाइदा पुग्नेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। सेयर बजारबाट फाइदा हुनेछ।
भाग्यशाली रङ कालो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
मीन : रोकिएका काम पुनः सुरु हुनेछन्। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। लक्ष्मी प्रसन्न हुने योग छ। यात्रा कष्टकर हुन सक्छ सचेत रहनु होला। साँझमा आफन्तसँग भेटघाट हुनेछ। नयाँ योजना पनि बन्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया