समाज


पोखरामा लागुऔषध कारोबारी पक्राउ

पोखरामा लागुऔषध कारोबारी पक्राउ

नेपालखबर
फागुन २२, २०७६ बिहिबार १४:२१,

कास्की प्रहरीले पोखराबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। पोखरा–९, नयाँबजार बस्ने प्रवीण गुरुङको साथबाट प्रहरीले १३६ सेट डायजोपाम एम्पुल, फेनागन, नाइट्रोसन एम्पुलसहित पक्राउ गरेको हो।

बा १६च १४३१ नम्बरको स्कुटरमा लागुऔषध बेच्दै हिँडेको भन्ने सूचनाको आधारमा गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराकै न्यूरोडबाट पक्राउ गरेको हो। प्रहरीले उनले केही थान लागुऔषक बेचेको जानकारी पनि दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार गुरुङको साथबाट ३८ हजार ६६५ रुपैयाँ पनि बरामद भएको छ। कास्कीमा लागुऔषध ठूलो समस्याको रुपमा देखिएको बताउँदै उनले लागुऔषधविरुद्धको अभियानकै क्रममा गुरुङ पक्राउ परेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad