समाज


गठ्ठाघरमा ट्राफिक प्रहरीविरुद्ध सर्वसाधारणको आक्रोश (तस्बिरहरू)

गठ्ठाघरमा ट्राफिक प्रहरीविरुद्ध सर्वसाधारणको आक्रोश (तस्बिरहरू)

सरोज बैजु
साउन ३१, २०८१ बिहिबार १६:२, काठमाडौँ

भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएपछि स्थानीय ट्राफिक प्रहरीप्रति आक्रोशित बनेका छन्।

ट्राफिक प्रहरीका कारण महिलाले ज्यान गुमाएको भन्दै अहिले ट्राफिकविरुद्ध नाराबाजी भइरहेको छ।

आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाउनुका साथै केही सवारी साधनमा तोडफोड गरेका छन्। ट्रकमा लगाइएको आगो भने प्रहरीले तत्काल निभाएको छ।

अवस्था तनावपूर्ण बनेपछि अहिले त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ।

बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad