विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा राजधानीमा युवाहरूले प्रदर्शन गरेका छन्। कुलमानविरुद्ध सरकारले ‘अनावश्यक’ दबाब बढाएको भन्दै राजधानीमा युवाहरूले प्रदर्शन गरेका हुन्।
डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल विवादमा सरकार ठूला उद्योगीहरूलाई बक्यौता छुट दिनेगरी लागेको उनीहरूको आरोप छ।
सरकारको शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरे पनि सरकारले पूर्वाग्रह राखेको प्रदर्शनकारीले बताएका छन्।
प्रदर्शनमा सहभागीहरूले ‘२२ अर्ब विद्युत् बक्यौता रकम असुल गर’, ‘विद्युत् प्राधिकरण डुबाउने चलखेल बन्द गर’, ‘तानाशाही प्रवृत्ति बन्द गर’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए।
तस्बिरहरूः
318
Shares
प्रतिक्रिया