समाज


अमेरिका लैजाने भन्दै दूतावासको परिचय पत्र देखाएर लाखाैं ठगी

अमेरिका लैजाने भन्दै दूतावासको परिचय पत्र देखाएर लाखाैं ठगी

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार १०:१७,

अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–९ घरभई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो।

खडकाले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको पाईको छ। प्रहरीले पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो। खड्काले अहिलेसम्म १० जना भन्दा व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगि गरेको पाइएको छ। पीडितहरुले विभिन्न प्रलोभन देखाएर आफुहबाट पटक पटक पैसा लिएको बताएका छन्।

खड्काले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिँदै तपाईंको नम्बर लिएको बताउने गरेको पीडितहरुले बताएका छन्। काठमाडौंको बानियाँटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन राजदूतावासको आईडी कार्ड देखाएर एम्बेस्सिको मान्छे हुँ भनेर बताएको र एम्बेस्सिमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटो समेत देखाएकोले आफुहरुले विश्वास गरेको बताए।

उनले आफ्नो धरानमा रहेका बहिनी ज्वाइँलाई भेटेर अमेरिका लैजाने भन्दै ठगि गरेको बताए। काठमाडौंमा पनि महाराजगञ्जको पुलिसबिट अगाडि रहेको कफि हाउसमा बोलाएर कुरा गर्ने र पैसा लिएको उनले बताए।

खडकाले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफूहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पीडितहरुले बताएका छन्। खड्काले बैंक र आईएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनीहरुको भनाई छ।

खडकाले पटक पटक शंका लाग्नेगरी कुरा गरेपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन्। रकम दिने वेलामा खड्काको फोटो खिचेको आधारमा आफूहरुले प्रहरीमा उजुरी दिएको समेत उनीहरुले बताए। खड्काले अहिलेसम्म १० जना भन्दा बढीलाई ठगि गरेको पाइएको छ।

त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पीडितहरुले बताएका छन्। प्रहरीले भने खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad