ad ad

समाज


योगेश्वर आमात्यको जग्गा किर्ते गरी १९ करोड ऋण निकाल्ने पक्राउ

योगेश्वर आमात्यको जग्गा किर्ते गरी १९ करोड ऋण निकाल्ने पक्राउ

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार २०:१३, काठमाडौँ

गायक योगेश्वर आमात्यको जग्गा धितो राखेर १९ करोड ऋण निकालेको प्रकरणमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरका उवीन्द्रराज शाक्य र शोभा शाक्य छन्। उनीहरू दुवै जनालाई लिखतसम्बन्धी कसुरको अनुसन्धान गर्न बिहीबार जावलाखेलबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए।

विल्वा भूमि वन प्रालिको नाममा दर्ता रहेको बारा विश्वम्भुर गाविस वडा नं ४ कित्ता नम्बर १०६९ रहेको १२ विगाह जग्गाका किर्ते कागजातहरू तयार गरी डेनियल ट्रेडिङ कम्पनी प्रालिका नाममा राजीनामा पास गरेको कागजातका आधारमा उनीहरूले कुमारी बैंकबाट ऋण लिएको पाइएको छ। २०७८ साउन ११ गते पारित भएको रजिस्ट्रेसन नम्बर १२०५ रहेको लिखतबाट उक्त जग्गा हक हस्तान्तरण गरेको देखाइएको थियो। 

कुमारी बैंकको न्युरोड शाखामा धितो राखी १९ करोड ऋण लिइएको थियो। यस प्रकरणमा महान्यायाधिवक्ताले बैंकिङ कसुरको मुद्दा चलाउन अस्वीकार गरेका थिए। 

लिखतसम्बन्धी कसुरको अभियोगमा प्रहरीले वीरगन्जको कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया, नक्कली कागजपत्र बनाएर कर्जा लिने एसकुमार महर्जन र मुक्तिलाल गौतमलाई सीआईबी टोलीले यसअघि नै नियन्त्रणमा लिएको थियो। जिल्ला अदालतले सोनु ठाकुर, मुक्तिलाल गौतम, एसकुमार महर्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यस्तै, राजेश चौरसिया भने १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .