समाज


डिस्कोर्स डबलीले काठमाडौंमा दुई दिने 'विचार उत्सव' आयोजना गर्ने

डिस्कोर्स डबलीले काठमाडौंमा दुई दिने 'विचार उत्सव' आयोजना गर्ने

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १३:५, काठमाडौँ

वैचारिक बहसको मञ्च डिस्कोर्स डबलीले काठमाडौंमा दुई दिने विचार उत्सव आयोजना गर्ने भएको छ।

नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्व भाषा क्याम्पसमा हुने विचार उत्सवमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए।

विचार उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० जना वक्ता सहभागी हुनेछन्। समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण,  साहित्य, संगीत, कला, सहरी सौन्दर्यलगायत दुई दर्जन विषयमा बहस हुनेछ।

कार्यक्रममा राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि तथा चलचित्र निर्देशकको सहभागिता रहनेछ।

कार्यक्रममा लेखक तथा विश्लेषक सीके लालले 'बौद्धिकताको कसीमा नेपाली समाज' शीर्षकमा मूल प्रवचन दिनेछन्। यस्तै, भारतको बदलिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सहप्राध्यापक तथा विश्लेषक डा सरोज गिरीले बहस गर्नेछन्।

उत्सवमा वैचारिक बहसबाहेक नाटक प्रदर्शनी हुनेछ। यस्तै, चित्रकला प्रदर्शनी, कार्टुन प्रदर्शनी र सांगीतिक उत्सव पनि आयोजना गरिने ढुंगेलले बताए।

डिस्कोर्स डबली २०७१ सालमा रत्न राज्य क्याम्पस, ल क्याम्पस लगायतका कलेजमा अध्ययनरत विद्यार्थीको सक्रियतामा सुरूवात भएको थियो। यसपछि मञ्चले मासिक शृंखला सञ्चालन गर्दै आएको थियो।

दश वर्षमा करिब सयवटा बहसका कार्यक्रम आयोजना गरिसकिएको डबलीका संस्थापक नरेश रेग्मीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .