समाज


एआईजी श्यामलाल ज्ञवाली बने सीआईबी प्रमुख

एआईजी श्यामलाल ज्ञवाली बने सीआईबी प्रमुख

नेपालखबर
चैत २, २०८० शुक्रबार १८:२३, काठमाडौँ

सरकारले नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख बनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। 

सुन तस्करी प्रकरणलाई लिएर विवादमा जोडिएपछि वर्तमान सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागमा सरुवा गरिएको छ।

नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वज्राचार्यलाई कुनै कारबाहीका लागि नभई सरुवा मात्रै गरिएको बताइन्।

'नयाँ सीआईबी प्रमुख पठाउँदा सुन तस्करीको प्रतिवेदन कार्यान्वयमा पनि सजिलो हुन्छ भन्ने निष्कर्ष सरकारको हो', उनले भनिन्, 'हामीले कसैलाई कारबाही या पुरस्कार भनेर सरुवा गरेको होइन। यो सरकारले गर्ने नियमित काम हो।'

ज्ञवाली यसअघि कार्यविभागका थिए। ज्ञवाली र बज्राचार्य दुवैजना वर्तमान आईजीपी वसन्त कुँवरका ब्याची हुन्।

ज्ञवाली उपत्यका प्रहरी प्रमुख छँदा नक्कली शरणार्थी प्रकरण कानुनी प्रक्रियामा अघि बढेको थियो। यस प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढ्न लागेपछि ज्ञवालीसहित अन्य प्रहरी अधिकारीको पनि सरूवा गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .