ad ad

समाज


मध्यपश्चिम पृतनापतिमा उपरथी श्रेष्ठ, राष्ट्रिय सुरक्षा परिषद्को जिम्मा थापालाई

मध्यपश्चिम पृतनापतिमा उपरथी श्रेष्ठ, राष्ट्रिय सुरक्षा परिषद्को जिम्मा थापालाई

प्रधानसेनापति शर्मासँग बढुवा भएका तीन उपरथीहरू। तस्बिर : नेपाली सेना


नेपालखबर
फागुन १३, २०८० आइतबार १८:५३, काठमाडौँ

नेपाली सेनाको उपरथीमा बढुवा भएका तीन जनाले दर्ज्यानी चिह्नसँगै नयाँ जिम्मेवारी पाएका छन्।

सहायक रथीहरु सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजा उपरथीमा बढुवा भएका हुन्। 

फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले रिक्त तीन उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। 

उनीहरुलाई आइतबार प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक समारोहकाबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

पदोन्नतिसँगै पदस्थापन पनि गरिएको छ। 

उपरथी श्रेष्ठले मध्यपश्चिम पृतनाको जिम्मेवारी पाएका छन्। उपरथी थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह संयोजकको जिम्मेवारी दिइएको छ। 

देउजा संभार रथी विभागमा नियुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .