ad ad

समाज


काठमाडौँमा चोरेको पैसाले कैलालीमा मोजमस्ती, प्रहरीले पछ्याउँदै यसरी समात्यो

काठमाडौँमा चोरेको पैसाले कैलालीमा मोजमस्ती, प्रहरीले पछ्याउँदै यसरी समात्यो

तस्बिर : नेपाल प्रहरी


नेपालखबर
फागुन ३, २०८० बिहिबार १८:४, काठमाडौँ

गत माघ २७ गते मध्यराति कालिमाटीस्थित अमन खाद्य स्टोरको सटरको ताल्चा फुटाएर चोरी हुन्छ।

बाराको गढीमाई नगरपालिका २ घर भई कालिमाटीमा स्टोर सञ्चालन गर्ने ४७ वर्षका मनोजकुमार गुप्ताले भोलिपल्ट स्टोर खोलेर हेर्दा २० लाख रुपैयाँ गायव भएको देखियो।

त्यसपछि उनले प्रहरीलाई खबर गर्छन्। प्रहरी बृत्त कालिमाटी र जिल्ला प्रहरी परिसर काठमाडौँबाट संयुक्त टोली चोरीको अनुसन्धानतर्फ खटिन्छ।

स्टोरमै जडित सीसीटीभी फुटेजबाट चोरको हुलिया खुल्छ। चोरको हुलिया खुले पनि पहिचान भने हुन सक्दैन। 

त्यसपछि प्रहरीले चोरी गर्न सक्ने सम्भावित व्यक्तिहरू अनुसारको चोरी पहिल्यै कतै गरेको रेकर्ड भएका व्यक्तिहरू, विगतमा चोरीमा संलग्नको निगरानी सुरु गर्छ। 

लगातार ३ दिनसम्मको अनुसन्धानपछि प्रहरीले चोरको पहिचान खुलाउँछन्। चोरीमा संलग्न व्यक्ति कैलालीमा लुकीछिपी बसेको तथ्य प्रहरीले पत्ता लगाउँछ। 

त्यसपछि उनीहरूलाई पक्राउ गर्न प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटीको संयुक्त टोली कैलाली पुग्छ। 

कैलालीको गोदावरी नगरपालिका-२ पहाड लाइनस्थित न्यू सत्कार होटल रेष्टुरेन्ट र लजको कोठा नम्बर १२० मा लुकेर बसेको अवस्थामा १२ लाख ९६ हजार ५६५ रुपैयाँ र समानसहित कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ८ पारीफाँटाका २२ वर्षीय लोक सिंह ठगुन्ना पक्राउ परे। 

प्रहरीले गरेको सोधपुछ र अन्य प्रमाणका आधारमा खुल्यो चोरी गरेपछि लोकसिंह ठगुन्ना पठाओ बुक गरी ठमेल पुगेको र ठमेलका विभिन्न स्थानहरूमा पुगेको  खुलेको छ।

डान्सबार, क्याफे  र होटलतिर रमाईलो गरेर भोलिपल्ट बेलुका बालाजु बसपार्कबाट कैलालीको अत्तरीया गएको खुलेको छ।

त्यहाँ पुगेर उनले चारेको पैसाले रमाईलो गरेको प्रहरीले जनाएको छ। बाबुआमाको निधन भएपछि रोजगारी नहुँदा आफू चोर्न हिँडेको बयान ठगुन्नाले बताएका छन्।

ठगुन्नालाई काठमाडौं ल्याएर बिहीबार प्रहरीले सार्वजनिक गरेको छ। अदालतबाट म्याद लिएर चोरी मुद्दामा उनीविरुद्ध अनुसन्धान सुरु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .