ad ad

समाज


पाल्पामा जीप दुर्घटना कम्तीमा ८ यात्रुको मृत्यु, अन्य ८ जना घाइते

पाल्पामा जीप दुर्घटना कम्तीमा ८ यात्रुको मृत्यु, अन्य ८ जना घाइते

नेपालखबर
फागुन १, २०८० मंगलबार १८:३३, काठमाडौँ

पाल्पामा यात्रुबाहक एउटा जीप मंगलबार अपराह्न साढे ४ बजे दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ।

सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकास्थित चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनापछि अहिलेसम्म ८ जना शव घटनास्थलमा भेटिएको छ। 

गाउँको भित्री कच्ची सडकमा भएको दुर्घटनामा मृतकको संख्या बढ्न सक्ने बताए। उक्त जीपमा २० जना यात्रु सवार रहेको अनुमान प्रहरीले गरेको छ।

घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन्। जीप सडकबाट खसेर क्षतिग्रस्त अवस्थामा भेटिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .