ad ad

समाज


न्यायपरिषद् बैठक : न्यायाधीशमाथि कारबाहीको एजेन्डामा प्रवेश नै गरेन

जिल्ला न्यायाधीशको परीक्षाको पाठ्यक्रममा छलफल
न्यायपरिषद् बैठक : न्यायाधीशमाथि कारबाहीको एजेन्डामा प्रवेश नै गरेन

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८० मंगलबार ११:४३, काठमाडौँ

न्यायपरिषद्को बैठक मंगलबार बिहान बसेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले मंगलबार बिहान न्याय परिषदको बैठक राखेका थिए।

परिषद्‌का अध्यक्ष एवम् प्रधान्यायाधीश श्रेष्ठले राखेको बैठक बिहान ८ बजेदेखि बसेको थियो।  

यो बैठकले केही न्यायाधीशहरूको सरुवा र केहीलाई कारबाहीबारे छलफल हुने बताइएको थियो। तर यो बैठक न्यायाधीशहरूमाथि कारबाहीको एजेन्डामा नै प्रवेश नगरी सकिएको हो। 

न्यायपरिषद्ले उच्च अदालतका १ जना र जिल्ला अदालतका ३ जना न्यायाधीशमाथि छानबिन गरिरेहको छ। यस्तोमा उनीहरूमाथि थप कारबाही अघि बढाउने अनुमान थियो । 

जिल्लाका ३ र उच्चका १ सहित चारजना न्यायाधीश कारबाहीको सूचीमा थिए। जसमाा एकजनाले राजीनामा दिइसकेका छन्। छानबिन अघि बढेपछि गत माघ ७ गते नै जिल्ला न्यायाधीश परशुराम भट्टराईले राजीनामा दिइसकेका छन्। 

अहिले जिल्ला अदालतमा १० जना न्यायाधीशको पद रिक्त छ। सर्वोच्चमा पनि १ जनाको पद रिक्त छ। 

यो ब‌ैठक जिल्ला न्यायाधीशहरूको परीक्षाको पाठ्यक्रममा केन्द्रित रहेको थियो। जिल्ला न्यायाधीशमा लोक सेवा आयोगको विज्ञापनको कोटा छुट्टाएर परिषद्ले नियुक्तिको निर्णय गर्न पाउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .