ad ad

समाज


अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम तथा प्रविधियुक्त केयरगिभर एकेडेमिया सञ्चालनमा

अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम तथा प्रविधियुक्त केयरगिभर एकेडेमिया सञ्चालनमा

नेपालखबर
माघ ७, २०८० आइतबार १६:५४, काठमाडौँ

युरोप, अमेरिका तथा इजरायलमा बढ्दो नेपाली केयरभिगरको मागलाई मध्यनजर गर्दै काठमाडौंमै अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम तथा प्रविधियुक्त एकेडेमी सञ्चालनमा आएको छ। 

एक दशक भन्दाबढी समय इजरायलमा केयरगिभरको काम गरेका अनुभवी प्रशिक्षकहरुबाट अध्ययन अध्यापन गराउने गरी काठमाडौंमा ‘केयरगिभर एकेडेमिया’ सञ्चालनमा आएको हो। 

केयरगिभर एकेडेमियाले शनिबार एक समारोहबीच आफ्नो कक्षा सञ्चालनमा ल्याएको छ। नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त एवं व्यवसायिक सीप तथा तालिम परिषद् (सीटीईभीटी)को सम्बन्धन प्राप्त केयरगिभर एकेडेमियाले डाइमेन्सिया केयर, पार्किन्सन केयर, अष्टिओप्रोसिस केयर, पालियाटिभ केयर, जेरियाट्रिक केयर, हस्पिक केयर, अटिजम केयर, चाइल्ड केयर, सामान्य केयरलगायतका कोर्सहरु सञ्चालन गर्ने मुख्यप्रशिक्षक किरण लामाले बताए। 

उनले प्रशिक्षार्थीहरुलाई कार्यक्षेत्रमा बहन गर्नुपर्ने जिम्मेवारी र आइपर्ने चुनौतीबारे प्रशिक्षण दिए भने विरामीलाई बेडबाट ह्वीलचियरमा कसरी राख्ने भन्नेबारे प्रयोगात्मक ‘डेमो’समेत देखाए। 

हिब्रुलगायत विभिन्न भाषा प्रशिक्षक कमला भण्डारीले प्रशिक्षार्थीहरुलाई आफुहरुले कार्यक्षेत्रमा भोगेका भोगाई र अनुभव तथा भाषाका कारण उत्पन्न समस्याबारे जानकारी दिइन्। लामो समय केयरगिभरको कार्यअनुभव लिएकी कमला राईले कार्यक्षेत्रमा हुने चुनौतिबारे प्रशिक्षार्थीसँग अनुभव साटिन्। 

अहिले युके, अष्ट्रेलिया, क्यानाडा, अमेरिका, न्युजिल्याण्ड, जर्मनी, डेनमार्क, जापानलगायत इजरायल आदि मुलुकमा नेपाली केयरगिभरको माग बढ्दो छ। त्यसतर्फ जाने नेपालीहरुको आकर्षण समेत बढ्दै गएको छ।केयरगिभर एकेडेमियाले ती देशको आवश्यकता र स्किल मेन्टेन गर्ने गरी कोर्स निर्माण गरेर अध्यापन गराइरहेको छ। 

केयरगिभर एकेडेमियाले केयरगिभरबारेको आम बुझाइलाई चिर्ने प्रयत्न समेत गरेको छ।  आम रुपमा केयर गिभरलाई नर्सिङसँग प्रत्यक्ष जोडेर हेर्ने गरिन्छ।

केयरगिभरको तालिम प्रदायक संस्थाहरुले अहिलेसम्म नर्समार्फत नै यस सम्बन्धि तालिम तथा सीप प्रदान गरिरहेका छन्।

तर, केयरगिभर एकेडेमियाले केयरगिभर र नर्सिङको आपसमा सम्बन्ध भए पनि यी दुबैलाई सँगै राखेर हेर्न नहुने दृष्टिकोण राखेर कार्यक्षेत्रमैत्री पाठ्यक्रम तयार पारेको छ।  

नर्सले चिकित्सकको सल्लाह बमोजिम विरामीको हेरचाह गर्दछन् भने केयरगिभरले त्यसबाहेकका सबै कामहरुको जिम्मेवारी बहन गर्नु पर्ने भएका कारण यसलाई नर्सिङसँगै राखेर हेर्न नहुने केयरगिभर एकेडेमियाको धारणा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .