वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै करिब १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा नुवाकोटको पंचकन्या गाउँपालिका २ घर भई हाल काठमाडौंको टोखा–११ मनमैजु बस्ने २२ वर्षीया रचाना थापा रहेकी छन्।
रचनाले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख ३० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन्।
पीडितबाट पटकपटक गरी ९ लाख ९० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस १८ गते मनमैजुबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया