समाज


मुख्य रजिस्ट्रार कुँवर र रजिस्ट्रार पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस

मुख्य रजिस्ट्रार कुँवर र रजिस्ट्रार पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस

नेपालखबर
पुस ८, २०८० आइतबार १२:२०, काठमाडौँ

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफासि भएका छन्।

आज बिहान बसेको न्याय परिषदको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिको निर्णय गरेको हो।

कुँवरले यसअघि दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश छँदा उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका थिए।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई हाल कायम उच्च अदालतका न्यायाधीशहरूमध्ये वरीयतामा अगाडि रहने गरी प्रस्ताव गरेपछि सहमत भएका हुन्।

कुँवर अब पूर्वमुख्य रजिस्ट्रारसमेत रहेका न्यायाधीश राजन भट्टराईपछिको वरीयताक्रममा रहने भएका छन्।

परिषद्ले कुँवरलाई पाटन उच्च अदालतमा र पौडेललाई पोखरा उच्च अदालतमा पदस्थापनका लागि पनि सिफारिस गरेको छ।

न्याय परिषदको सिफारिसअनुसार प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्ति दिनेछन्। 

उच्च अदालतमा हाल ३९ न्यायाधीशको पद खाली छ।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश चन्द्रबहादुर सारुको नेपालगन्ज इजलासमा सरुवा गर्ने निर्णय पनि परिषदले गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad