ad ad

समाज


नेकपाका संस्थापक नरबहादुर कर्माचार्यका भाइको निधन

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यका भाइको निधन

नेपालखबर
पुस ७, २०८० शनिबार ७:१०, काठमाडौँ

नेकपाका संस्थापक स्वर्गीय नरबहादुर कर्माचार्यका भाइ लक्ष्मणबहादुर कर्माचार्यको निधन भएको छ। 

कर्माचार्यको ९६ वर्षको उमेरमा गएराति ललितपुरको कुम्भेश्वरस्थित आफ्नै घरमा निधन भएको गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

कर्माचार्यको आज बिहान ८ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदैछ। नेता श्रेष्ठले कर्माचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

‘श्रध्देय दाज्यु लक्ष्मण बहादुर कर्माचार्य ९६ बर्षको उमेरमा भौतिक रुपमा हामी सबैबाट बिदा हुनुभयो। उहाँको दुःखद निधनबाट स्तब्ध भएको छु। उहाँप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु, श्रध्देय भाउज्यु लगायत शोकाकुल सबैमा गहिरो समवेदना प्रकट गर्दछु र यस क्षणमा हामी सबैमा दुस्ख सहने र धैर्य धारण गर्ने शक्ति प्राप्त हुन सकोस  भन्ने कामना गर्दछु,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ललितपुरको कुम्भेस्वरस्थित उहाँको घर करिब ९ दशकदेखि लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण केद्र रहँदै आएको छ। दुवै दाज्युहरु आज हामी सँग नरहे पनि उहाँहरु र त्यो घर हामी सबैको आस्था र प्रेरणाको केन्द्र रहिरहनेछ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .