लामो समयदेखि फोक्सोमा समस्या भएर उपचार गराइरहेकी पाँचथरको तुम्बेवा गाउँपालिका-२ की अनुसा सुन्दास 'अनुराधा'लाई तीनजुरे मिडिया ग्रुपले सहयोग गरेको छ।
अनुसालाई यो ग्रुपकोतर्फबाट ५० औँ सहयोगका रुपमा २९ हजार पाँच सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो।
झापाको दमकमा एक कार्यक्रम गरि पीडित अनुसालाई ग्रुपका कोषाध्यक्ष बिनिता मगरमार्फत उक्त सहयोग हस्तान्तरण गरेको अध्यक्ष देव बास्कोटाले जानकारी दिएका छन्।
उक्त सहयोग लिँदै अनुसाले तीनजुरे मिडिया ग्रुप तथा सहयोगीहरूलाई धन्यवाद दिएकी छन्। फोक्सोमा समस्या भएकी पीडितको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।
तीनजुरे मिडिया ग्रुप प्रवास नेपालले विभिन्न पीडितको अवस्था हेरेर ६ वर्षअघिदेखि हरेक महिना सहयोग गर्दै हालसम्म १९ लाख बढी हस्तान्तरण गरेको अध्यक्ष बास्कोटाले बताए।
Shares

प्रतिक्रिया