ad ad

समाज


एक दिनअघि नै भाइटीका मनाउन भक्तपुर नगरपालिकाको आह्वान

एक दिनअघि नै भाइटीका मनाउन भक्तपुर नगरपालिकाको आह्वान

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १४:५, भक्तपुर

भक्तपुरको नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएको छ।

नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर २७ गते म्हः पूजा र २८ गते भाइटीका मनाउन आह्वान गरेको छ। 

यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा ज्योतिषी डा वीरेन्द्रप्रसाद कायस्थ एवं ज्योतिषी केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारी प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि यस्तो निर्णय गर्दै सार्वजनिक सूचना जारी गरेको नगर प्रमुख प्रजापतिले बताए। 

पञ्चांग निर्णयक समितिले यस वर्ष कात्तिक २५ गते काग तिहार, २६ गते लक्ष्मीपूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन तथा म्ह पूजा र २९ गते भाइटीका एवं किजा पूजा गर्ने निर्णय गरेको थियो।

तर भक्तपुर नगरपालिकाले भने २६ गते दिउँसो २ बजेर १४ मिनेटपछि औंसी तिथि लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कात्तिक २७ गते दिउँसो २ बजेर ४१ मिनेटपछि परेवा (प्रतिपदा) तिथि सुरु हुने भएकाले त्यस दिन साँझ म्हः पूजा गर्ने र कात्तिक २८ गते दिउँसो २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकाले सो दिन किजा पूजा अर्थात् भाइटीका गरेर तिहार सम्पन्न गर्न आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .