कैलालीकाे जानकी गाउँपालिकाका एक युवक आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।
जानकी गाउँपालिका-३, लाइकपुरस्थित चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई आफ्नै बुवाको हत्या गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादका क्रममा छोराले बुवालाई ढुङ्गा प्रहार गर्दा बुवाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
घरको आँगनमा भएको विवादमा गणेशले ४५ वर्षीय बाबु हिरासिंह धामीलाई ढुङ्गा प्रहार गरेका थिए।
खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
72
Shares
प्रतिक्रिया