गैरआवासीय नेपाली संघको अध्यक्षका उम्मेदवार डा. बद्री केसीले समृद्धि र रूपान्तरणको नारासहित प्रतिस्पर्धामा आएको बताएका छन्। ११ औँ अधिवेशनको मतदान अघि आफ्नो टिमको परिचय गराउँदै उनले समावेशी टिम बनाएको बताएका हुन्।
उनले आफ्नो टिममा सबै राजनीति चिन्तन भएका साथी समूहमा रहेको बताए। एनआरएनए अर्वपतिको क्लब देखिएकोमा अब विज्ञहरूको समूह भएको बताए।
केसीको टिममा उपाध्यक्षमा बेलायतका डा. हेमराज शर्मा, अमेरिकाका रामशरण सिमखडा, अष्ट्रेलियाका डा. विनोद श्रेष्ठ, क्यानडाका चिरञ्जीवी घिमिरे, जापानका रोविन शेरचन रहेका छन्। छैठौं उपाध्यक्ष खाली रहेको छ।

महिला उपाध्यक्षमा यस्मिन बेगम सैयद, युवा उपाध्यक्ष रोशन थापा रहेका छन्।
महासचिवमा गौरिराज जोशी रहेका छन्। उपमहासचिव सन्तोषकुमार भट्टराई, प्रमोद सिटौला रहेका छन्।
सचिव राजेन्द्र प्रसाद पुडासैनी, यज्ञराज सुवेदी, डा. ज्ञानेन्द्र रेग्मी, डा. नवराज रोस्यारा, प्रकाश सापकोटा, पारसमणि पोखरेल र महिला सचिव राधिका गुरूङ (टीका) छन्।
कोषाध्षक्ष सुजन कुमार थापा, सहकोषाध्यक्ष ददी खड्का, सीपी पौडेल, अभिमन्यु बस्नेत उम्मेदवार रहेका छन्। महिला सहकोषाध्यक्ष अमृता थापा रहेकी छन्।
महिला संयोजक अनुजा प्रधान र युवा संयोजकमा सुपेन्द्र केसी रहेका छन्।
पत्रकार सम्मेलन गर्दै डा. बद्री केसीले ८०० डेलिगेट काठमाडौंमा रहेको बताए। उनले विहान १० बजे देखि बेलुकी ८ बजेसम्म भौतिक रूपमा मतदान गर्न सकिने बताए।
उपाध्यक्षका उम्मेदवार डा. हेमराज शर्माले इतिहासमा पहिलो पटक अनलाइनबाट मतदान गर्न सक्ने बताए। राति १२ बजे लिंक आउने त्यसकै आधारमा भोटिङ गर्न सकिने जानकारी दिए।
विदेशमा रहेका प्रतिनिधिलाई मेलमा कोड जान्छ। त्यसकै आधारमा फेसियल भेरिफिकेशन गरी मतदान गर्न सक्ने छन्।
महासचिव गौरीराज जोशीले ‘रूपान्तरण गर्न चाहने साथीहरूको टिम’ बनाएको बताए।
Shares

प्रतिक्रिया