ad ad

समाज


इजरायलबाट नेपाली लिएर राति ९ बजे विमान काठमाडौँ आइपुग्ने

इजरायलबाट नेपाली लिएर राति ९ बजे विमान काठमाडौँ आइपुग्ने

नेपालखबर
असोज २५, २०८० बिहिबार १२:४१, काठमाडौँ

इजरायलमा रहेका नेपाली लिएर नेपाल एयरलाइन्सको विमान बिहीबार राति ९ बजे काठमाडौं अवतरण गर्ने भएको छ।

गएराति त्यसतर्फ गएको ए ३३० विमान नेपाली विद्यार्थी लिएर काठमाडौं फर्कने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

प्लोस्टाइन विद्रोही समूह हमासले असोज २० गते इजरायलका विभिन्न स्थानमा आक्रमण गर्दा १० नेपालीको मृत्यु भएको थियो भने सो क्षेत्रमा रहेका ५० भन्दा धेरैको उद्धार भएको थियो।

हमास र इजरायलबीच द्वन्द्व बढेपछि त्यहाँ रहेका नेपालीलाई सुरक्षित रुपमा नेपाल ल्याउने प्रयास अन्तर्गत पहिलो चरणमा परराष्ट्रमन्त्री एनपी साउद  आफैँ इजरायल गएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालका अनुसार इजरायलबाट नेपाल फर्कन चाहने विद्यार्थी बाेकेका विमान राति नाै बजे त्रिभुवन विमानस्थल काठमाडाैँमा अवतरण हुने छ।

इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ।

इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको कारण ज्यान गुमाएका नेपालीको शव ल्याउन भने ढिलाइ हुने देखिएको छ। 

युद्धको अवस्थामा इजरायलले शव हस्तान्तरण गर्ने कानुनी प्रक्रिया लम्बिने देखिएकाले शव ल्याउन ढिलाई हुने प्रवक्ता लम्सालले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .