ad ad

समाज


मधेस प्रदेशमा सशस्त्र प्रहरीद्वारा छ महिनामा २४ करोड बढीको सामान नियन्त्रणमा

मधेस प्रदेशमा सशस्त्र प्रहरीद्वारा छ महिनामा २४ करोड बढीको सामान नियन्त्रणमा

फाइल फोटो


नेपालखबर
असोज २२, २०८० सोमबार १४:२७, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालले तराईका जिल्लाहरुमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा थप सक्रियता देखाएको छ।     

२०७९ चैत्र देखि २०८० भाद्र १५ गतेसम्मको अवधिका सशस्त्र प्रहरी बल नेपाल नं‍ २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका इकाईहरुले २४ करोड भन्दा बढिको अवैध सामान नियन्त्रणमा लिएको छ।

सो अवधिमा २० करोड ७७ लाख ६ हजार १ सय ४४ रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा, मोटर पार्ट्स, सवारी साधन लगायतका सामान नियन्त्रणमा लिई सम्बन्धि नियकायमा बुझाई सकेको सशस्त्रले जनाएको छ।

त्यस्तै १ करोड १ लाख ४४ हजार ३ सय ९३ रुपैयाँ बराबरको पशुचौपाया, श्रोत नखुलेको नेपाली रुपैयाँ ९९ लाख ४ हजार ३ सय १५, भारतीय रुपैयाँ २८ लाख १७ हजार ३ सय १५ समेत बरामद भएको छ। यसैगरी सोही अबधिमा ७९ लाख ४२ हजार ६ सय ५० रुपैयाँ बराबरको करीब २ हजार ८ सय १३ क्यूफिट काठ र ८ लाख ४८ हजार ५ सय ५३ रुपैयाँ बरारको सुन तथा चाँदी बरामद गरेको छ।

यसैगरी सोही अवधिमा करीब १ हजार ३ केजी गाँजा, ३७.७१ केजी चरेश, ५ हजार ७ सय ७ वटा विभिन्न किसिमका लागुऔषध (नर्फिन, फेनार्गन, डाईजेपाम, कोरेक्स, सिरिन्ज, नाईट्रोभेट) ट्याब्लेट बरामद भएको छ।

त्यस्तै ४ नाल हतियार, २० वटा गोली, २ वटा म्याग्जिन र १२ वटा कार्टिज बरामद भएको छ। भारतमा बेचबिखन गर्न लगिएका २० जना नेपाली चेलीबेटीहरुको उद्धार गरिएको छ, भने सो कार्यमा संलग्न रहेका १ सय १० जनालाई पक्राउ गरिएको छ।

चोरीपैठारी लगायतका कार्यमा प्रयोग भएका ६ सय ४६ वटा विभिन्न कम्पनीका सवारी साधन समेत बरामद गरि भन्सार दाखिला गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .