ad ad

समाज


मकवानपुरमा दूध बोक्ने गाडी पल्टिँदा चालकको मृत्यु, सह-चालक घाइते

मकवानपुरमा दूध बोक्ने गाडी पल्टिँदा चालकको मृत्यु, सह-चालक घाइते

नेपालखबर
असोज १७, २०८० बुधबार १८:२१, काठमाडौँ

मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। बुधबार बिहान बकैया गाउँपालिका ५ सिरपुर ओरालोमा दूध बोक्ने ना १ घ ५४४ नम्बरको गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको हो।

उक्त दुर्घटनामा हेटौंडा उपमहानगरपालिका ९ लामसुरे निवासी चालक सिद्धान्त लामाको मृत्यु भएको हो। दुर्घटनामा लामसुरे निवासी सह-चालक प्रेम अधिकारी घाइते भएका छन्। उनको अहिले उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दूध लिन हेटौंडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर पल्टिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .