समाज


पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसी

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसी

नेपालखबर
असोज १७, २०८० बुधबार १२:४५, काठमाडौँ

सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा राजु केसीलाई नियुक्त गरेको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म केसीलाई कोषको सञ्चालक परिषद सदस्यसचिवमा नियुक्त गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। 

केसीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा अर्को व्यवस्था नभएसम्म सदस्यसचिव बनाइएको हो।

यसअघि गत साउनमा केसीलाई पशुपति विकास कोषको सदस्यमा नियुक्त गरिएको थियो। केसीले त्यसअघि पनि सदस्य पदमा काम गरिसकेका थिए।

पशुपति क्षेत्रको सुधारका लागि सक्रिय रहेको मूल्यांकनसहित सदस्य बनाइएका उनलाई अब सदस्य सचिवको पनि जिम्मेवारी दिइएको हो। 

पशुपतिको गर्भगृहमा राखिएको जलहरी प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सदस्यसचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएपछि उनी निलम्बित भएका थिए।

तत्कालीन सदस्य सचिव डा. प्रदीपराज ढकाल र थापासमेतले जलहरी राख्ने क्रममा १ किलो ४ सय ग्राम सुन हिनामिना गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad