ad ad

समाज


सुर्खेतमा जिप पल्टिँदा ९ जना घाइते, ४ को अवस्था गम्भीर

सुर्खेतमा जिप पल्टिँदा ९ जना घाइते, ४ को अवस्था गम्भीर

दिनेश बुढा
असोज १४, २०८० आइतबार ६:१९, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा गएराति जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

शनिबार राति करिब ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका- ४ लाँदेमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

वीरेन्द्रनगरबाट सुर्खेतकै चिङ्गाड गाउँपालिका -२ को रानिवासतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जिप दुर्घटनामा परेको हो।

घाइते हुनेमा गाडी चालक चिङ्गाड गाउँपालिका–२ का २० वर्षीय कृष्ण खड्का, सोही ठाउँकी १५ वर्षीया इन्द्रा राना, २३ वर्षीया मिना जिसी, उनका छोरा वर्ष ८ का केशव राना रहेका छन्।

त्यसैगरी सोही ठाउँ बस्ने वर्ष ३१ कि गङ्गा खत्री, वर्ष ३३ का नवीन खड्का, वर्ष ४० का नरबहादुर रोकाय, वर्ष २८ कि कौसिला बस्नेत र वर्ष ३३ का नर बहादुर खड्का पनि दुर्घटनामा घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी निरीक्षक देवेन्द्र सिंहले जानकारी दिए।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको सिंहले जानकारी दिए। उनीहरू सबैको उपचार माया नर्सिङ होममा भइरहेको छ। जीप अनियन्त्रित भएर सडकको दायाँ साइडदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .