नेपाल प्रहरीका पूर्व महानिरीक्षक ध्रुवबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमतीमाथि गोली प्रहार भएको छ।
बुधबार साँझ महाराजगन्जस्थित निवासमै गोली प्रहार भएको र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए।
असई चौधरी भने हतियार घरमै छाडेर बाहिर निस्किएको पाइएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए।
‘पीएसओकी श्रीमतीको कोखामा गोलि लागेको छ। उनी आफैंले मिस्टेक्लि चलाएको हुनसक्छ। थप अनुसन्धान गर्दैछौं। घाइतेलाई अस्पताल लगिएको छ’, ढुंगेलले नेपालखबरसँग भने।
291
Shares
प्रतिक्रिया