ad ad

समाज


त्रिशूलीमा खस्यो कार, उछिट्टिएर बाँचेका चालकलाई प्रहरीले नियन्त्रणमा लियो

त्रिशूलीमा खस्यो कार, उछिट्टिएर बाँचेका चालकलाई प्रहरीले नियन्त्रणमा लियो

त्रिशूली नदी


नेपालखबर
भदौ २०, २०८० बुधबार १२:०, काठमाडौँ

बुधबार सबेरै बिहान साढे १ बजे सिमराबाट काठमाडौं आइरहेको एउटा कार त्रिशूली नदीमा खसेको छ।

पृथ्वी लोकमार्ग हुँदै सिमराबाट काठमाडौं आइरहेको ना ४ च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो।

कार त्रिशूलीमा खसेको खबर पाएपछि धादिङस्थित इलाका प्रहरी कार्यालय बेनिघाटबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा उद्धार टोली खटिएको थियो।

उक्त कारमा चालक मात्रै सवार रहेको खुलेको छ। दुर्घटनाका क्रममा बाराको सिमरा उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय प्रविन गौतम भने बाँच्न सफल भएका छन्। 

प्रहरीका अनुसार उनी कार दुर्घटनामा परेका बेला उछिट्टिएर बाँच्न सफल भएका हुन्। उनलाई कुनै किसिमको चोटपटक लागेको छैन।

घटनाको अनुसन्धानका लागि प्रहरीले चालक गौतमलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .