सर्वोच्च अदालतले आज (सोमबार) प्रविधिबाट स्वचालित रूपमा पेसी तोक्ने प्रणाली सुरु गर्दै छ।
मुद्दाको पेसी तोक्ने काममा मानव हस्तक्षेप हुन नदिन सर्वाेच्चले ‘पेसी तारेख अटोमेसन सिस्टम’ सुरु गर्न लागेको हो।
मेसिनले अटोमेटिक पेसीको तारेख तोक्ने सिस्टमको अहिले ११ बजे प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्दै छन्।
नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले न्यायालय भित्र हुने अनियमितता कम गर्न पनि आफूले सो सिस्टम सुरु गर्न लागेको बताएका छन्।
सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने योजना छ।
27
Shares

प्रतिक्रिया