ad ad

समाज


पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङकाे प्रदर्शनी हुने

पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङकाे प्रदर्शनी हुने

नेपालखबर
माघ ८, २०७६ बुधबार १:३०,

‘राष्ट्रका लागि परिवर्तन र परिवर्तनका लागि इन्जिनियरिङ’ भन्ने मुल नाराका साथ ११ औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी पुल्चोक क्याम्पसमा हुने भएको छ।

१०, ११ र १२ माघमा हुने सम्मेलनको उद्घाटन भौतिक योजना तथा यातायातमन्त्री बसन्त नेम्वाङले गर्ने कार्यक्रम रहेको आयोजक संस्था सिभिल इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीले जनाएको छ।

कार्यक्रममा इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित ५० भन्दा धेरै स्टल रहने छन्। निर्माण सामाग्री, भवनका मोडलहरु, पेपर ब्रिज, विभिन्न सिभिल इन्जिनियरिङ डिजाइन गरी इन्जिनियरिङ क्षेत्रलाई समेट्ने सबै खाले स्टल रहने सोसाइटीका अध्यक्ष उत्तम पलले जानकारी दिए।

प्यानल टक कार्यक्रमअन्तर्गत निजगढ विमानस्थलको विषयमा विज्ञहरुसँग अन्तक्रिया कार्यक्रम समेत गर्ने तयारी आयोजकको छ।

कार्यक्रममा नेपालभरका ३० भन्दा बढी इन्जिनियरिङ कलेजहरुको सहभागीता रहने छ।

३० हजार भन्दा बढी इन्जिनियरिङ क्षेत्रका मानिसले प्रदर्शनी अवलोकन गर्ने आयोजकको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .