ad ad

समाज


शिक्षक महासंघद्वारा आन्दोलन कार्यक्रम घोषणा

शिक्षक महासंघद्वारा आन्दोलन कार्यक्रम घोषणा

नेपालखबर
भदौ ४, २०८० सोमबार १०:५१, काठमाडौँ

शिक्षा ऐन २०८० को मस्यौदाप्रति असहमति जनाउँदै आएको नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 

शिक्षा ऐनले शिक्षकहरूको माग सम्बोधन नगरेको भन्दै महासंघले आन्दोलन कार्यक्रम घोषणा गरेको हो। 

हाल मन्त्रिपरिषदमा रहेको ऐनको मस्यौदालाई आवश्यक संशोधन गरी शिक्षक कर्मचारीका माग र मुद्दा सम्बोधन गर्नुपर्ने माग महासंघले गरेको छ।

‘यो मस्यौदा परिमार्जन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग संवादसमेत जारी रहेको छ। शिक्षक(कर्मचारीका माग र मुद्दाहरू सम्बोधन नगरी संसदमा ऐन दर्ता भएमा काठमाडौंमा केन्द्रित वृहत् सडक आन्दोलन गर्ने कुरा हामीले घोषणा गरिसकेको छौं’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रममा भदौ ४ गते प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा रहेका सांसदहरूसँग भेटघाट तथा छलफल गरिने छ। 

यही अवधिमा प्रधानमन्त्रीसँग पनि भेटघाट तथा छलफल गरिने महासंघले जनाएको छ। 

भदौ ५ र ६ गते नागरिक समाज, सामाजिक अभियन्ता, अभिभावक महासंघ, विद्यालय व्यवस्थापन समिति, पत्रकार, मानव अधिकारवादी संघसंस्थाहरुसँग छलफल र संवाद गरी आन्दोलनप्रति ऐव्यवद्धताको लागि पहल गरिने महासंघले जनाएको छ।

भदौ ६ गते भित्र सबै जिल्ला र प्रदेशमा आन्दोलन परिचालन समिति गठन गर्ने, महासंघको संरचना भएका जिल्ला तथा प्रदेशमा महासंघको नेतृत्वमा र त्यस्तो संरचना नभएका जिल्ला तथा प्रदेशमा शिक्षक संघ संगठनहरुसँग छलफल गरी समिति बनाउने र त्यसको विवरण केन्द्रमा पठाइने विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी भदौ ७ गते बस्ने राष्ट्रिय आन्दोलन परिचालन समितिले काठमाडौं केन्द्रित सडक आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .