ad ad

समाज


वसन्त चौधरीको प्रोस्टेटको शल्यक्रिया, अवस्था सामान्य

वसन्त चौधरीको प्रोस्टेटको शल्यक्रिया, अवस्था सामान्य

फाइल फोटो


नेपालखबर
असार १, २०८० शुक्रबार १५:३५, काठमाडौँ

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष तथा संरक्षक वसन्तकुमार चौधरीको शुक्रबार(आज) बिहान प्रोस्टेटको सफल शल्यक्रिया भएको छ। 

शल्यक्रियामा नर्भिक अस्पतालका यूरोसर्जन डा. भरत भण्डारी नेतृत्वको टिममा डा. सुनिल श्रेष्ठ, सञ्जिवभक्त श्रेष्ठको सहभागिता थियो। सो टिमलाई डा. सुरेश लामिछाने नेतृत्वको एनेस्थेसिया टिम, नर्सिङ स्टाफ लगायतको सहयोग रहेको थियो।

शल्यक्रियापछि ६४ वर्षीय चौधरी नर्भिक अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

दुई वर्षअघि पनि चौधरीको प्रोस्टेटको शल्यक्रिया गर्नुपरेको थियो। सो समस्या पुनः बल्झिएको हो। 

प्रोस्टेटको ट्रान्सयुरेथ्रल रिसेक्शन (टीयूआरपी) एक सर्जिकल प्रक्रिया हो, जसमा प्रोस्टेटको एक भाग काटिन्छ। प्रोस्टेट ग्रन्थी पुरुषको पिसाब थैली मुनि अवस्थित हुन्छ।

प्रोस्टेट ग्रन्थी बढेपछि पिसाबको बाटो अवरोध हुन्छ। र, उपचारको रुपमा प्रोस्टेटको शल्यक्रिया गर्ने गरिन्छ। एकपटक प्रोस्टेटको उपचार गरिसकेपछि कतिपयको नली खुम्चिने, कतिपयको पूरा नकाटिएको वा पुनः बढ्ने अवस्था पनि बन्छ। यहीकारण कतिपयको एकपटक प्रोस्टेटको शल्यक्रिया गरेपछि पुनः समस्या बल्झिनसक्छ। 

चिकित्सकहरुकाअनुसार ४५ वर्ष उमेर पूरा भएका पुरुषले प्रोस्टेट ग्रन्थीको समय–समयमा परीक्षण गरिरहनुपर्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .