ad ad

समाज


सय बढी सहकारीका पीडित आन्दोलनमा, बचत फिर्ता गर्न माग (फोटो/भिडिओ)

सय बढी सहकारीका पीडित आन्दोलनमा, बचत फिर्ता गर्न माग (फोटो/भिडिओ)

नेपालखबर
जेठ २०, २०८० शनिबार १८:२९, काठमाडौँ

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। 

सहकारीबाट ठगिएका पीडितहरू एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माईतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

सहकारी बचतकर्ता पीडितहरूले सहकारीले खाएर भागेको बचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायसम्म पुग्दा पनि बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए।

संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकायहरू धाउँदा कतै पनि सुनुवाई नहुँदा संयुक्त रुपमा पीडितहरू सडक आन्दोलनमा आएको बताए।

उनले सरकारसँग सहकारी पीडितहरूको माग सहकारीहरूलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरूले बनाउने निजी ऐन बन्द गर्नुपर्ने रहेको पनि बताए। 

भिडिओ:

सहकारीमा बचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको उनले बताए।

अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरू एक ठाउँमा रहेको पनि उनले बताए। 

पीडितहरूले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, बचतकर्ता रकम अविलम्व फिर्ता गर,आमा नागरिकको बचत फिर्ता गर, सहकारी सञ्चालकको सम्पती तत्काल रोका गर, सहकारीहरूलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर, सम्पूर्ण ठग सहकारीहरूलाई कारबाही गर, सरकार हामीलाई न्याय दे, फरार सहकारी सञ्चालनको तत्काल खोजी गर, हिजोको दिनमा यहाँ छौं,त्यहाँ छौं भन्ने नेताहरू आज कहाँ छन्? सहकारीको पारले दुःख पाए बचत कर्ताले भन्ने प्लोकार्डसहित नारा लगाइ प्रदर्शन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .