ad ad

समाज


सेवाभावका साथ काम गर्न सामाजिक संघ संस्थालाई सभामुखको आग्रह

सेवाभावका साथ काम गर्न सामाजिक संघ संस्थालाई सभामुखको आग्रह

नेपालखबर
जेठ २०, २०८० शनिबार १६:३८, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःश्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ, संस्थाहरुलाई आग्रह गरेका छन्। 

सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसावले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे।

‘समाज सेवा भन्दाखेरी समाज एउटा शब्द भो, सेवा अर्को शब्द भो। तर वास्तवमा समाजको सेवा गर्ने कुरा समय, काल, परिस्थिति, विषय हरेक हिसावले यसका परिभाषा त हुन्छन। तर मेरो बुझाईमा यो ज्यादै महान कुरा हो,’ सभामुख घिमिरेले भने।

फोकस नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भौतिक रुपमा नेपाल गरिवीको चपेटामा रहेको भएपनि भाषा, कला र संस्कृतिको हिसावले समुन्नत रहेको पनि स्मरण गराए।

‘समाजलाई सोचेको ठाउँमा कसरी लैजान सकिन्छ? यसको बारेमा सोच्ने र त्यसमा विभिन्न क्षेत्रको भूमिकाहरु के हुन सक्छ? क–कसले कस्तो–कस्तो भूमिका निर्वाह गरेर मात्रै समुन्नत बनाउन सकिन्छ?,’ सभामुखले भने, ‘यसको बारेमा बहस, छलफल गर्नु आफैंमा महत्वपूर्ण कुरा हो भने त्यसले निकालेका निष्कर्षहरुलाई कार्यान्वयन गर्ने कुरा अझै ठूलो हो। मलाई के लाग्छ भने नेपाल हामी भौतिक रुपबाट अभाव, गरिवी, कतिपय मानेमा पछौटेपन, दरिद्रता वा समस्या भित्र हामी गुज्रिरहेका छौं।’

समाज सेवालाई महान कार्यको रुपमा उल्लेख गर्दै सभामुख घिमिरेले त्यसको माध्यामबाट समाजलाई माथि उठाउन सकिने उनले बताए।

छजातिको हिसाबले हेर्‍यौं भने पनि हामी समुन्नत जातिभित्र पर्छौं। हाम्रा पुर्खाहरुको इतिहासलाई हेर्‍यौं भने पनि उनीहरुले गरेका योगदान वास्तवमा सिंगो मानव जातिलाई आधुनिक भन्दा आधुनिक ठाउँमा लैजाने विचार त्यतिबेलै उत्पत्ति भएका थिए,’ सभामुख घिमिरेले भने, ‘अर्को ढंगले भन्ने हो भने हामी एकअर्कालाई सम्मान गर्ने, श्रद्धा गर्ने, सानाले ठूलालाई, योग्यले अयोग्यलाई, सक्षमले असक्षमलाई सहयोग गर्ने कुराहरुको हिसावले, भाषाको हिसावले विविध भाषाहरू। योसँगसँगै हाम्रा संस्कारहरु भएको, संस्कृतिहरु भएको, त्यही रुपका कलाहरु भएको, मान्यताहरु भएको, एउटा यस्तो जातिको सम्मिश्रण फूलबारीको रुपबाट हामी नेपालीहरु छौं।’

सभामुख घिमिरेले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अघि लैजानु आवश्यक रहेको पनि बताए।

‘विभिन्न जातजातिका आ–आफ्ना धर्म, भाषा, संस्कृति, एकले अर्कालाई साथ, सहयोग गर्दै आएको मुलुक, एउटा समुन्नत मुलुक हो। र, विश्वमा यस्ता मुलुकहरु सायद कमै छन। तर यसलाई हामीले त्यसरुपबाट विकास गर्न सकिरहेका छैनौं । त्यस रुपबाट भएको चिजको प्रचार गर्न सकिरहेका छैनौं,’ सभामुखले भने, ‘त्यसलाई प्रचार गरेर उपयोग गर्ने कुराहरुमा हामीले कामहरु गर्न सकिरहेका छैनौं। त्यो काम गर्नका लागि सामाजिक संघ, संस्थाहरु, गैर सरकारी संस्थाहरुको माध्यमबाट यी कामहरु गर्न निःश्वार्थ ढंगबाट लाग्ने संघ, संस्थाहरुको योगदान महत्वपूर्ण रहेको छ।’

उनले भौगोलिक हिसावले पनि नेपाल समुन्नत रहेको उल्लेख गर्दै त्यसको सदूपयोग गर्नुपर्नेमा पनि जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .