समाज


सीमामा सशस्त्रको कडाई : २४ घन्टामा साढे २ करोड बढीको अवैध सामान बरामद

सीमामा सशस्त्रको कडाई : २४ घन्टामा साढे २ करोड बढीको अवैध सामान बरामद

नेपालखबर
बैशाख २६, २०८० मंगलबार २०:३, काठमाडौँ

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तिव्रता दिएको छ। २४ घण्टाकोबीचमा अढाई करोड बढीको अवैध सामान तथा गाडी बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ। 

सोमबार बिहान १० बजे देखि मंगलबार बिहान ८ बजे सम्म देशभरिको सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलका विभिन्न युनिटले २ करोड ५६ लाख ८४ हजार ४ सय २ रुपैयाँ बराबरको अबैध सामान नियन्त्रणमा लिएको हो।

जसमा कोशी प्रदेशका ईलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित यूनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

यसैगरी मधेस प्रदेश अन्तर्गत सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित युनिटले २४ घण्टाको बीचमा २ करोड ३६ लाख २८ हजार ८ सय १२ रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ।

त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलबस्तु र बर्दिया जिल्लास्थित यूनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

यसैगरी सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधिमा ४ लाख ९२ हजार ९ सय ३५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

बरामद सामानमा भन्सार छलि र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत रहेका छन्। 

बरामद सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad