ad ad

समाज


देशका ५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक

देशका ५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक

नेपालखबर
बैशाख ४, २०८० सोमबार १७:५३, काठमाडौँ

नयाँ शैक्षिकसत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ।

गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ।

सोमब्ँर पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ।

अनुगमनपश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने गरी काम भइरहेको बताए। 

उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी समेत गरे। उनले जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्रीवितरण गरिहेको जानकारी दिए।

‘जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरेको छ। केन्द्रले १ करोड ५० लाख पुस्तक प्रकाशन गर्नुपर्नेमा पूरै काम सम्पन्न गरिसकेका छौं,’ प्रबन्धक झाले भने, ‘पुस्तक छपाईको काम सकेर बिक्रीवितरणको काम सम्पन्न गरेका छौं । गत चैत २४ गतेदेखि देशभर पुस्तक विक्रिवितरण शुरु भएको थियो । चैत २४ गतेदेखि २०८० वैशाख ३ गतेसम्म ५९ जिल्लामा पुस्तक बिक्रीवितरण सम्पन्न गरिसकेका छौं। कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको छ भने कतिपय ढुवानीको क्रममा रहेको छ।’

उनले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण गरेको पनि बताए।

अहिले हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेको दाबी समेत उनले गरे।

‘केन्द्रले बिक्रीवितरण गरेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुस्तक पुग्छन्। हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेका छन,’ उनले भने, ‘दुर्गम हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरूमा पाठ्यपुस्तक पुगिसकेका छन्। ढुवानीमा समय लाग्ने हिमाली र पहाडी जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण सुरु गरेका थियौं।’

कागज खरिदमा समस्या नहुनु, स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालुपुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरूमा पुस्तक पु¥याउन सकिएको उनको भनाई छ।

‘विगतका वर्षहरुमा विद्यालयहरुमा लोमो समयसम्म पुस्तकहरु नपुग्ने समस्या रहेपनि यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पुग्न सक्नुको मुख्य कारण भनेको पुस्तक छपाई गर्ने मेसिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले भएको हो,’ झाले अघि भने, ‘फोर कलरको तीन वटा छपाई मेसिन खरिद गर्न सफल भयौं। मेसिनको संख्या २ थियो ३ थप्दा ५ वटा छपाई मेसिन भयो। ८० हजार प्रतिदिन छपाई क्षमता भएकोमा मेसिन थपिएसँगै प्रतिदिन छपाई क्षमता पनि २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुगेका छौं।’

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाई गरेको पनि बताए।

केन्द्रले केन्द्रीय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०,प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्रीवितरण भएको छ।

सामग्री केन्द्रका अनुसार अझै १८ जिल्लाका विद्यालयहरुमा पुस्तक पुग्न बाँकी रहेको छ। जसमा सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुुर्खेत, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक बिक्रीवितरण हुन बाँकी रहेको छ।

सामग्री केन्द्रका अनुसार बिक्रीवितरण हुन बाँकी जिल्लाहरुका केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुबाट पाठ्यपुस्तक बिक्रीविरण कार्य भइरहेको छ।

नयाँ शैक्षिकसत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरूमा पाठ्यपुस्तक पु¥याउने गरी  काम गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .