ललितपुर महांकाल गाउँपालिका १ बुखेल रातो पहिरोस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ।
मंगलबार बिहान १०:४५ बजेको बुखेलबाट गोटीखेलतर्फ जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको हो।
दुर्घटनामा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई हाल ललितपुर महांकाल गाउँपालिका १ बुखेल बस्ने ३५ वर्षीय विष्णु प्रसाद फुयाल र पछाडि सवार उनको ३४ वर्षीय सृजना फुयालको घटनास्थलमै मृत्यु भएको हो।
उनीहरुका ५ वर्षीया छोरी सृजला फुयाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि पाटन अस्पताल ल्याइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
चैत १४, २०७९, मंगलबार
प्रतिक्रिया