प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड ३० वर्षपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना पुगेका छन्।
उनले तामझाम नगरी सोमबार चिडियाखाना अवलोकन गरेका हुन्। त्यसक्रममा उनले आफूलाई बाघ र गैँडा धेरै मनपर्ने बताए।
चिडियाखानामा राखिएका हरेक वन्यजन्तुबारे उनले चासोपूर्वक सोधेका थिए।
छोरीहरु रेणु र स्वकीय सचिवसमेत रहेकी गंगा दाहालसहित सचिवालयका सदस्य लिएर प्रचण्ड चिडियाखाना पुगेकाा राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. नरेश सुवेदीले बताए।
चिडियाखानामा वन्यजन्तुको व्यवस्थापनप्रति प्रधानमन्त्रीले धन्यवाद दिएको उनले जानकारी दिए।
चिडियाखानामा हाल पाँचवटा बाघ र तीनवटा भाले गैंडा छन्। चिडियाखानामा १०२ प्रजातिका एक हजार बढी वन्यजन्तु संरक्षण गरेर राखिएको छ।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया