ad ad

समाज


पशुपतिमा सम्झौताभन्दा बढी समय मेला सञ्चालन भएपछि छानबिन समिति गठन

पशुपतिमा सम्झौताभन्दा बढी समय मेला सञ्चालन भएपछि छानबिन समिति गठन

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार २१:५, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको अवसरमा आयोजना गरेको मेला तोकिएको समयअवधि भन्दा बढी समय लगाइएकोबारे छानबिन समिति गठन भएको छ।

७ दिनका लागि ठेक्का लगाइएको मेला १८ दिनसम्म सञ्चालन भैरहेको सूचना आएपछि सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानबिन समिति गठन गरेको छ। 

मन्त्रालयका सहसचिव राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। तीन सदस्य रहेको छानबिन समितिको सदस्यमा मन्त्रालयका उपसचिव अर्जुन राई र अधिकृत जयन्ती श्रेष्ठ रहेका छन्। 

समितिलाई ७ दिनभित्र सत्यतथ्य छानबिन गरि प्रतिवेदनका लागि समय दिइएको छ।

संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपतिको रक्षाका लागि राज्यले सेवा सुविधा दिएर राखेको रक्षकबाट नै असुरक्षित हुन्छ भने क्षमा नदिइने बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .