ad ad

समाज


बालाजु घटना : २ डीएसपीलाई कारबाही गर्न सिफारिस

बालाजु घटना : २ डीएसपीलाई कारबाही गर्न सिफारिस

नेपालखबर
फागुन ८, २०७९ सोमबार २०:२८, काठमाडौँ

फागुन १ गते काठमाडौंको बालाजुमा भएको घटनामा लापरबाही गरेको भन्दै २ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई कारबाही गर्न सिफारिस भएको छ। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिले बालाजु बृत्तका डीएसपी रविन बिष्ट र सोह्रखुट्टे बृत्तका डीएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो। फागुन २ गति गठित छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएको हो।

बालाजुका डीएसपी बिष्ट भने यसअघि नै त्यहाँबाट तानिएका छन्। सोह्रखुट्टेका डीएसपी भने अझै त्यहीँ कार्यरत छन्।  

यातायात मजदुरको आन्दोलनको क्रममा बालाजुमा प्रहरीका दुई वटा गाडी जलाइएको थियो। ४० बढी प्रहरी घाइते भएका थिए।

बालाजुका डीएसपी बिष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा १ झ ७२२४ नम्बरको गाडीमा आगजनी भएको हो।

यस्तै ल्होत्से मलमा लुटपाट भएको थियो। यो घटना हुनुमा मुख्य गरी यी दुई बृत्तका डीएसपीको कमाण्ड कमजोरी रहेको छानबिन समितिको निस्कर्ष छ। 

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो।

समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालयकुमार श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल लगायत थिए।

प्रहरीको गाडी आगजनी तथा ल्होत्से मल लुटपाटमा संलग्न ४६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। अझै केहीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .