समाज


रासायनिक मल भन्दै बेचियो नुन, एक व्यापारी पक्राउ, १५५ बोरा नक्कली मल बरामद

रासायनिक मल भन्दै बेचियो नुन, एक व्यापारी पक्राउ, १५५ बोरा नक्कली मल बरामद

नेपालखबर
माघ १७ , सर्लाही

सर्लाहीको गोडैताबाट प्रहरीले नुनलाई पोटास (रासायनिक मल) भन्दै बेच्ने एकजना व्यापारीलाई पक्राउ गरेको छ।

गोडैता नगरपालिका-७ बाट १५५ बोरा नक्कली रासायनिक मलसहित एकजना व्यापारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

सुराकीका आधारमा पुगेको प्रहरी टोलीले सोमबार साँझ गोडैता नगरपालिका–७ का ५५ वर्षीय मोहन दासलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय श्रेष्ठका अनुसार दासले गोडैता- ७ र ८ मा चलाएको महालक्ष्मी कृषि सहकारी संस्था र दास बिज भण्डारबाट १५५ बोरा नक्कली मल र केही प्याकेट रंग पनि बरामद गरेको छ। 

दासको भण्डारबाट पारस सर्वोत्तम् खाद्य लेखिएको ५० केजी दरको प्याक गरिएको ३२ बोरा, आइपीएल डीएपी इन्डियन पोटास लेखिएको ५० किलो दरका २० बोरा र ५० किलो दरको १०३ वटा नुनका बोरा पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

दासले सेतो नुनमा कलर आउने खालको केमिकल हालेर नक्कली पोटास तयार गरेर बेच्ने गरेको अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले जानकारी दिए। 
‘ ’ 
‘दासले पारि (भारत) बाट रासायनिक मल उत्पादन गर्ने इन्डियन कम्पनीको लेबल लागेको खाली बोरा खरिद गरेर ल्याउने गरेको खुलेको छ', डीएसपी श्रेष्ठले भने, 'त्यसमा नुनलाई रसायन मिसाएर रंगिन बनाउँदै किसानलाई बेच्ने गरेका रहेछन्। यसबारे अनुसन्धान गरिरहेका छौँ।’ 

तयार गरिएको नुनको सिल प्याक बोरालाई भारतीय रासायनिक मल भन्दै दासले प्रतिबोरा १५ सयका दरले बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

‘त्यस्तै मल भारतबाट किसानले १७ सयदेखि २ हजार रुपैयाँसम्ममा ल्याउने रहेछन्,’ श्रेष्ठले भने, ‘दासले त्योभन्दा सस्तोमा रासायनिक मल भन्दै नुन बेच्ने गरेका रहेछन्।’ 

हरेक वर्ष सर्लाहीका किसानले भनेको बेला रासायनिक मल पाउँदैनन्। जिल्लाको दक्षिणी क्षेत्रका किसानले प्रहरीलाई छलेर भारतबाट ल्याएको रासायनिक मल खेतबारीमा हाल्ने गरेका छन्।

माघ १७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.