सर्वोच्च अदालतले गैरनागरिक ठहर गरिसकेपछि पनि रवि लामिछाने अहिले गृहमन्त्रालयमै छन्।
शुक्रबार बिहान पुल्चोकस्थित सरकारी निवासबाट मन्त्रालयमा आएका उनी अहिले सिंहदरबारमै रहेका छन्।
अमेरिकी नागरिकता त्यागिसकेपछि नेपाली नागरिकता पुनर्प्राप्तिका लागि प्रक्रिया नै अघि नबढाएको ठहरसहित शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले उनलाई गैरनागरिक ठहर गरेको छ।
उनी गत पुस ११ गते गृहमन्त्री भएका थिए। त्यसलगत्तै उनी पदभार सम्हालेर पुल्चोकस्थित सरकारी निवास सरेका थिए
शुक्रबार आफूविरुद्धको रिटमा आदेश आउने भएपछि उनी दिनभर गृहमन्त्रालयमै थिए।
माघ १३, २०७९, शुक्रबार
प्रतिक्रिया