ad ad

समाज


काठमाडौंमा आज यस वर्षकै चिसो

काठमाडौंमा आज यस वर्षकै चिसो

नेपालखबर
पुस १२, २०७६ शनिबार ३:३०,

काठमाडौं उपत्यकामा आज (शनिबार) बिहान यस वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ः४५ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस देखिएको हो।

यो यस वर्ष अहिलेसम्म लिइएकाे सबभन्दा कम तापक्रम भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

यसअघि आजै बिहान साढे ६ बजे गरिएको मापनमा पनि काठमाडौं उपत्यकाको तापक्रम ०.६ डिग्री नै थियो।

याे पनि : काडमाडौंको तापक्रम ०.६ डिग्री, अझै ओरालो लाग्ने सम्भावना

दोस्रोपटक पुनः पौने ९ बजे मापन गर्दा तापक्रम अझ घट्ने मौसमविद्को अनुमान थियो। तर दुवै पटकको मापनमा उपत्यकाको न्यूनतम तापक्रम उस्तै पाइएको मौसमविद् अर्यालले बताए।

‘प्रायः बिहानै लिइएको न्यूनतम तापक्रमभन्दा ८.४५ मा लिइएको तापक्रम केही प्वइन्ट घट्ने सम्भावना हुन्छ,’ नेपालखबरसँग उनले भने, ‘तर आज घटेन, उस्तै रह्यो।’

अन्तर्राष्ट्रिय मापदण्डअनुसार बिहान ८ः४५ बजे लिइएको तापक्रम नै त्यसदिनको आधिकारिक न्यूनतम तापक्रम मानिन्छ।

मौसमविद् अर्यालका अनुसार प्रायः घाम झुल्किने बेला थोरै हावा चल्छ र पहिलेभन्दा तापक्रम घट्छ। ‘आज सायद त्यो हावा चलेन र तापक्रम स्थिर रह्यो,’ उनले भने।

उनकाका अनुसार राति आकाश बादलले ढाक्यो भने भोलिपल्ट बिहान न्यूनतम तापक्रम बढ्छ र आकाश छ्याङ्ग भएर उघ्रियो भने न्यूनतम तापक्रम घट्छ। न्यूनतम तापक्रम घट्दा बिहानीपख कठ्यांग्रिने जाडो हुने उनले बताए। 

यस्तै दिउँसो आकाश बादलले ढाक्यो र घाम लाग्न पाएन भने अधिकतम तापक्रम घट्छ र जाडो बढ्छ। यसको ठीक उल्टो दिउँसो घाम लाग्यो र आकाश छ्याङ्ग उघ्रियो भने अधिकतम तापक्रम घढ्छ र जाडो घट्छ। 

काठमाडौंमा देशकै दोस्रो कम तापक्रम
आज देशमै सबैभन्दा कम न्यूनतम तापक्रम भने जुम्लाको छ।

महाशाखाको विवरणअनुसार शनिबार बिहान ८ः४५ बजेको मापनअुनसार जुम्लाको न्यूनतम तापक्रम माइनस ६.० (अर्थात् -६.०)डिग्री छ। यसपछि भने देशकै दोस्रो कम तापक्रम काठमाडौंकै हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .