ad ad

समाज


भूमि भएकाहरु कसरी भए सुकुम्बासी? (तस्बिरहरु)

सुकुम्बासीविरुद्ध मेयर बालेन्द्रलाई स्थानीयको पत्र
भूमि भएकाहरु कसरी भए सुकुम्बासी? (तस्बिरहरु)

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १३:२, काठमाडौँ

काठमाडौंका खोला किनारमा रहेका सुकुम्बासीहरुका बस्ती हटाउन माग गर्दै स्थानीयबासीहरुले मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन्। 

उनीहरुले काठमाडौंमा सुकुम्बासीको नाममा धनाढ्यहरुले सार्वजनिक जग्गा कब्जा गरेको बताउँदै उनीहरुलाई तत्काल हटाउन माग गरेका छन्। 

'राजधानी शहरको मुटुमा रहेको थापाथली स्थित वागमती खोलाको किनारामा रहेको सार्वजनिक/सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित कथित सुकुम्वासीहरुको बसोबासले संगै रहेको खोलाको प्रदुषण, राजधानीको सौन्दर्य समेतमा प्रतिकूल असर पारिरहेको छ', उनीहरुले भनेका छन्, 'तिनीहरुको अस्तव्यस्त बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगति देखिएको छ। दिउँसै घरेलु हातहतियार देखाउँदा राजधनीमा भयावह, असुरक्षित तथा सन्त्रासमय वातावरण उत्पन्न भएको छ। यसले स्थानीय जनताप्रति गहिरो मानसिक दबाब उत्पन्न भई अशान्ति फैलिई राजधानीमा अमनचैन समेत खलबलिएको छ।'

उनीहरुले सुकुम्बासीहरुलाई हटाइछाड्न पनि माग गरेका छन्। 'यस काठमाडौं महानगरपालिकाका प्रमुख/उपप्रमुख एवं नगर प्रहरी लगायत सम्पूर्ण महानगरपालिकाका समग्र कर्मचारीहरुबाट जतिसुकै कष्ट, यातना झेल्नु परे पनि आफ्नो कर्तव्य र दायित्वबाट नहट्नु', ज्ञापनपत्रमा भनिएको छ, 'कथित सुकुम्वासीको घर टहरा हटाई राजधानीको सौर्न्दता, शान्ति र मैत्रीपूर्ण वातावरण कायम गर्ने काममा सहकार्य, सहयोग, समर्थन र ऐक्यवर्द्धता जाहेर गर्दछौँ।'

उक्त ज्ञापनपत्र शंकर महर्जन, अधिवक्ता जुजुकाजी महर्जन, प्रशान्त शाही र पृथुबिन्दु महर्जनसहितले मंगलबार काठमाडौं महानगरपालिकामा बुझाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .