ad ad

समाज


बालिका बलात्कार गर्नेलाई जन्मकैद

बालिका बलात्कार गर्नेलाई जन्मकैद

नेपालखबर
पुस ३, २०७६ बिहिबार ५:१९,

पाँच वर्षीया बालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका-७ का नवीन थापालाई जिल्ला अदालत (तनहुँ)ले जन्मकैद फैसला गरेको छ।

न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो। बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई ४ लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।

बालिकालाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्त थापाबाट नै भराउने अदालतको फैसला छ।

गत साउन १ गते बालिकालाई बलात्कार गरेको अभियोगमा थापा साउन २ गते पक्राउ परेका थिए। उनी साउन २४ गतेदेखि पुर्पक्षका लागि जिल्ला कारागारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .