ad ad

समाज


लमजुङमा पनि घाँटीमा मासु अड्किएर मृत्यु

लमजुङमा पनि घाँटीमा मासु अड्किएर मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज १८, २०७९ मंगलबार २१:१४, काठमाडौँ

लमजुङमा पनि मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ। 

लमजुङ जिल्ला प्रहरी कार्यालयका अनुसार राँगाको मासु खाँदा घाँटीमा अड्किएर जिल्लाको मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीका ४९ वर्षीय शमशेरबहादुर परियारको मृत्यु भएको हो। 

सोमबार राँगो काटेको र घरमा मासु खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ लगिएको थियो।

तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। पोस्टमार्टमपछि शव मंगलबार (आज) परिवारलाई बुझाइएको छ। 

चितवनमा पनि मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको थियो। 

याे पनिचितवनमा मासु घाँटीमा अड्किएर मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .