ad ad

समाज


चाडपर्वमा विद्युत आपूर्ति गडबडी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

चाडपर्वमा विद्युत आपूर्ति गडबडी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

नेपालखबर
असोज १४, २०७९ शुक्रबार १७:९, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन्। 

उनले नेपालीका मुख्य चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारीहरु तिनका परिवार र आमजनताको प्रगतिको कामना गरिन्। 

प्राधिकरणका उच्च तहका कर्मचारीलाई शुक्रबार मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु विदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आमजनताको हितमा काम गर्न र अभिछिन्न विद्युत उपलब्ध गराउन निर्देशन दिइन्। 

'जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ। जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन', उनले भनिन्। 

भुसालले केही बेर पनि विद्युत गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै त्यस्तो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिन्। 

त्यस अवसरमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको बताए। 

यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन उनले निर्देशन दिए। कार्यक्रममा विद्युत प्राधिकरणका उच्च अधिकारीको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .